- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिन मात्रै बाँकी रहेको जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सरकारलाई समर्थन नरहेको निस्कर्ष निकालेको हो ।
बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सरकारलाई हाम्रो समर्थन छैन । औपचारिक रूपमा समर्थन नरहेको कुरा लेखेर दिन बाँकी छ,’ उनले अघि भने,‘ सरकारलाई हाम्रो समर्थन नभएको कुरा हाम्रो गतिविधिले पनि देखाइरहेको छ ।’
यो सरकारलाई विस्थापित गरेर अर्को सरकार कसरी बनाउने कसरी आफूहरुले रणनीति बनाइरहेको पनि सुनाए । प्रवक्ता श्रेष्ठले संचारकर्मीहरुसँग कुराकानी गर्दै अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयको बैठकले भ्रत्र्सना गरेको बताए । बैठकले हठातमा अधिवेशनको अन्त्य गरेको भन्दै विरोध गरेको पनि बताए ।
बैठकले केपी ओली नेतृत्वको सरकारले संविधान, कानुन, लोकतन्त्रलाई संकट पारिरहेको र जनादेश, सामाजिक आर्थिक रुपान्तरण, कम्युनिस्ट आन्दोलनविरुद्ध काम गरेको ठहर गरेको छ । प्रवक्ता श्रेष्ठले भने, ‘प्रतिगामी सरकारलाई हटाएर संविधान र लोकतन्त्र पक्षको सरकार बनाउने छलफल घनिभूत पार्ने बैठकले निष्कर्ष निकालेको छ ।’