arrow

भारतबाट फर्किएका ५५ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
dead2.jpg

गोरखा । गोरखा नगरपालिका-१४ का एक पुरुषको कोरोना संक्रणमबाट मङ्गलवार मृत्यु भएको छ । भारतबाट फर्किएका ५५ वर्षीय ती पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।
 
“बिहान करिब ११:३० बजे उपचारका क्रममा मृत्यु भएको पुष्टि परिवारले गरेको छ”, वडाध्यक्ष खड्काले भने, “मृतकको शव उतै व्यवस्थापनका लागि परिवारका सदस्य अस्पताल पुगेका छन् ।” वैशाख ४ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि भरतपुर लगिएका ती पुरुषमा सोमबार मात्र कोरोना संक्रमणको पुष्टि भएको थियो ।
   
भारतमा लामो समयसम्म रोजगारीका सिलसिलामा रहेका उनी केही समयअघि मात्र घर फर्किएका वडाध्यक्ष खड्काले बताए । कोरोना संक्रमणबाट मृत्यु भए ती पुरुषको सम्पर्कमा आएकाको तत्काल कनट्र्याक्ट ट्रेसिङ गरी स्वाब सङ्कलनको तयारी भइरहेको उनले जानकारी दिए ।
 
संक्रमितको सम्पर्कमा रहेकालाई सुरक्षित रहन आग्रह गरिएको र आवश्यकताअनुसार स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइने गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए ।



लोकप्रिय समाचार
नयाँ