- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नयाँ दिल्ली। भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। आफूलाई सङ्क्रमण पुष्टि भएपछि विपक्षी नेता गान्धीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएका छन्। उनले आफ्नो ट्विटर पेजमा भनेका छन्, “सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ। पछिल्ला केही दिनमा मेरो निकटमा आउनुभएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला।”
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीको स्वास्थ्य लाभको कामना गरेका छन्।
गान्धीले पछिल्लो केही समयदेखि कोरोना महामारीका बीच केरला, पश्चिम बङ्गाल, आसाम, तामिलनाडु लगायतका क्षेत्रमा चुनावी र्यालीहरूमा सहभागी भएका थिए। तर उनले पश्चिम बङ्गालमा तय गरिएका आफ्ना सबै चुनावी र्यालीहरूलाई दुई दिन पहिले स्थगित गरेका थिए।
कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी आफूले सबै र्यालीहरू स्थगित गरेको र यसबारे अरू पार्टीका नेताहरूलाई पनि सोच्न गान्धीले आग्रह गरेका थिए।