arrow

टर्कीका विदेश मन्त्रीले चिनियाँ समकक्षीसँगको वार्तामा उठाए उइगुरका मुद्दा

logo
एजेन्सी
प्रकाशित २०७८ वैशाख ७ मंगलबार
china-turkey-forign-minister.jpg

अंकारा। टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुले चिनियाँ विदेश मन्त्री वाङ यीसँगको वार्ताका क्रममा उइगुरका मुद्दा उठाएका छन्। चीनले उइगुर मुस्लिम समुदायप्रति गरिएको व्यवहारको सम्बन्धमा टर्कीका विदेश मन्त्रीले 'संवेदनशीलता' र 'विचार' गर्न आग्रह गरेका हुन्।

"कूटनीतिक सम्बन्धको ५० औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ विदेश मन्त्री वाङ यीसँग छलफल भएको थियो। छलफलमा कोरोना महामारी र कोरोना भाइरसविरुद्धको खोपका विषयमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको हो।

यससँगै चीनमा उइगुर मुस्लिममाथि चिनियाँ कम्युनिस्ट पार्टीको सरकारले गरेका दुर्व्यवहारका विषयमा पनि वाङ यीको ध्यानाकर्षण गराइएको छ," टर्कीको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

टर्कीका सयौँ उइगुर समुदायले चीनमा जातीय सम्बन्धको उपचारको विरोध गरेको कुरा ती दुई नेताबीच भएको थियो। लगभग एक हजार प्रदर्शनकारीहरू "तानासाह चीन" र "उइगर नरसंहार रोक, शिविरहरू बन्द गर" भन्ने नारा लगाउँदै इस्तानबुलमा जम्मा भएको अलजजिराले जनाएको छ।

केहीले पूर्वी तुर्कीस्तानको स्वतन्त्रता आन्दोलनको नीलो र सेतो झन्डा फहराएका थिए। उनीहरूले सिन्जियाङको हिरासतमा रहेकाहरूलाई रिहा गर्न माग गरेका थिए।

“हामी यहाँ आफ्नो परिवारको बारेमा सोध्न आएका छौँ। हामी किन हाम्रा परिवारहरूसँग सम्पर्कमा रहन सक्दैनौँ ? तिनीहरू मरेका छन् वा जिउँदो छन् ? तिनीहरू कहाँ छन् ? के तिनीहरू शिविरमा छन् वा बाहिर ?, ” उइगुर प्रदर्शनकारी इमान हसनले प्रश्न गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ