arrow

कोरोना कहर 

भारतमा अहिलेसम्मकै बढी कोरोना संक्रमित र मृतक थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ८ बुधबार
corona-india-karnaak.JPG

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित बढिरहँदा मंगलबार अहिलेसम्मकै बढी संक्रमित र मृतक थपिएका छन् । मंगलबार (२० अप्रिल, ७ बैशाख) मा अहिलेसम्मकै बढी २ लाख ९४ हजार ११५ संक्रमित थपिएका छन् । 

त्यसैगरी अहिलेसम्मकै सबैभन्दा बढी २ हजार २० जनाको एकै दिन मंगलबार ज्यान गएको छ । यो आँकडा अहिलेसम्मकै बढी हो । 

सोमबार २ लाख ५६ हजार ८२८ जना संक्रमित थपिएका थिए । आइतबार २ लाख ७४ हजार ९४४ संक्रमित थपिएका थिए । शनिबार २ लाख ६० हजार ५३३ जना संक्रमित थपिएका थिए । शुक्रबार २ लाख ३४ हजार थपिएका थिए । हरेक दिन भारतमा रेकर्ड बनिरहेको छ । बिहीबार २ लाख १६ हजार ६४२ जना थपिएका थिए ।

योसँगै कुल संक्रमितको संख्या भारतमा १ करोड ५६ लाख ९ हजार ४ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित बढेर २१ लाख ५० हजार ११९ पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा पहिलो लहरको उच्च बिन्दूको समयमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए । 

मृतकको स्थिति पनि भयावह बन्दै गएको छ । मृतकको दर पनि उच्च पुगेको छ । मंगलबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी २ हजार २० जनाको ज्यान गएको छ । सोमबार एकैदिन दोस्रो लहरपछिको सबैभन्दा धेरै १ हजार ७५७ जनाको ज्यान गयो । आइतबार १ हजार ६२० जनाको, शनिबार १ हजार ४९२ जनाको, शुक्रबार १ हजार ३३८ जनाको , बिहीबार १ हजार १८२ जनाको, बुधबार १ हजार ३७ जनाको र मंगलबार १ हजार २६ जनाको ज्यान गएको थियो । 

अहिलेसम्म १ लाख ८२ हजार५७० जनाको ज्यान गइसकेको छ । मंगलबार १ लाख ६६ हजार ५२० जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड ३२ लाख ६९ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् । 

राज्यहरुको अवस्था
सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । मंगलबार ६२ हजार ९७ जना संक्रमित भएका छन् । सोमबार ५८ हजार ९२४ जना, आइतबार अहिलेसम्मकै सर्वाधिक ६८ हजार ६३१ जना, शनिबार ६७ हजार १२३ जना, शुक्रबार ६३ हजार ७२९ जना, बिहीबार ६१ हजार ६९५ जना संक्रमित थपिएका थिए । 

हाल महाराष्ट्रमा मात्रै ६ लाख ८३ हजार ८५६ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार अहिलेसम्मकै बढी ५१९ जनाको ज्यान गयो । सोमबार ३५१ जनाको, आइतबार ५०३ जनाको, शनिबार ४१९ जनाको, शुक्रबार ३९८ जनाको, बिहीबार ३४९ जनाको, बुधबार २७८ जनाको ज्यान गएको थियो । 

राजधानी दिल्लीमा समेत सक्रिय संक्रमित ८५ हजार ५७५ पुगेका छन् । मंगलबार मात्रै २८ हजार ३९५ संक्रमित थपिए । दिल्लीमा मंगलबार २७७ जनाको ज्यान गएको छ । उत्तर प्रदेशमा २ लाख २३ हजार ५४४ जना सक्रिय संक्रमित छन् । मंगलबार २९ हजार ५७४ संक्रमित थपिए । त्यस्तै मृतक १६२ थपिए ।

नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ५६ हजार ३५४ जना पुगेका छन् । मंगलबार अहिलेसम्मकै बढी १० हजार ४५५ जना संक्रमित थपिएका छन् । सोमबार ७ हजार ८४७ जना, आइतबार ८ हजार ६९० जना संक्रमित थपिएका थिए । मंगलबार ५१ जना मृतक थपिएका छन् । 

संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । खुला आकाशमा बिरामीको उपचार हुन थालेका खवरसमेत आएका छन् । औषधिको समेत अभाव भएको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सनसमेत नपाइएको दुखेसो पीडितले गरेका छन् । 

भारतमा अहिलेसम्म १२ करोड ७१ लाख २९ हजार ११३ जनालाई कोरोनाको खोप समेत लगाइसकिएको छ ।



लोकप्रिय समाचार
नयाँ