arrow
ADVERTISEMENT

झलनाथ र सुवास नेम्वाङको गृह जिल्लामा एमाले प्रष्ट विभाजित, समानान्तर कमिटि गठन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ८ बुधबार
jhalnath-subash.png

काठमाडौं । नेकपा एमालेको नेतृत्व तहमा देखिएको विभाजन जिल्लास्तरमा प्रष्ट रुपमा देखिन थालेको छ । शीर्ष नेता रहेको जिल्लाहरुमा विभाजनको असर प्रत्यक्ष देखिएको छ ।

एमालेको पूवअध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत भइसकेका झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वाङको गृहजिल्ला इलाममा पनि एमालेमा समानान्तर कमिटी गठन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले केही नेतालाई कारबाही गरेसँगै देशैभर समानान्तर कमिटि गठन गर्ने घोषणा गरेसँगै इलाममा पनि समानान्तर कमिटि गठन गर्दै कार्यालय नै खोलिएको छ ।

जिल्लामा फरक फरक समूहले गतिविधि अघि बढाएका छन् । प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्ट रहेको समूहले गएको चैत्र २५ गते जिल्ला भेला गर्दै पाका नेता भक्त केसीको संयोजकत्वमा ३ सय १ सदस्यीय जिल्ला कमिटी गठन गरिसकेको छ । उक्त समूहमा नेपाल-खनाल समर्थित नेता कार्यकर्ता क्रियाशिल छन् । 

 नेपाल–खनाल समूहले जिल्ला कमिटी विस्तारसँगै इलाम सदरमुकामस्थित मालापथमा कार्यालय स्थापना भइसकेको उक्त समूहको युवा संघका नेता तिलक अर्यालले जानकारी दिए । अर्यालका अनुसार एक सय एक सदस्यीय जिल्ला सचिवालय समेत गठन भएको छ । समानान्तर कमिटीको अध्यक्षमा भक्त केसी सचिवमा हरिबाला राई उपसचिव सोम शर्मा रहेका छन् । पुरानो पार्टी कार्यालय ओली समूहले नै प्रयोग गर्दै आएको छ ।

इलाममा रहेका १० स्थानीय तहका जनप्रतिनिधि पनि प्रष्ट रुपमा विभाजित बनेका छन् । इलाम, माई र देउमाई नगरपालिकाका तथा चुलाचुली गाउँपालिकाका प्रमुखहरु प्रधानमन्त्री ओलीको पक्षमा खुलेका छन् । सूर्योदय नगरपालिका, सन्दकपुर र माईजोगमाई गाउँपालिकाका प्रमुखहरु भने खनाल-नेपाल समूहको गतिविधिका सामेल भएको देखिन्छन् ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेसँगै प्रभावशाली नेताहरु रहेको इलाममा ध्रुवीकरण सुरु भएको थियो । सर्वोच्चको पछिल्लो फैसलाले पार्टीलाई पुरानै अवस्थामा फर्काएपछि तिक्तता सतहमा आएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ