arrow

सभामुख सापकोटा विरुद्धको मुद्दा संवैधानिक इजलासमार्फत सुनुवाइ हुने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ८ बुधबार
Agni_sapkota.jpg

काठमाडौं । द्वन्द्वकालीन घट्नाको विषयलाई लिएर सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ गर्ने तयारी शुरु भएको छ ।

माओवादी ‘जनयुद्ध’का बेला अपहरणपछि हत्या गरिएका काभ्रेका अर्जुन लामाको हत्यामा सभामुख सापकोटा प्रमुख दोषी रहेको भन्दै सपकोटाविरुद्ध २०६८ साल जेठ १३ गते मुद्दा परेको थियो ।

शुशिल प्याकुरेल, कपिल श्रेष्ठ, कणकमणि दीक्षित, चरण प्रसाईं लगायतले सापकोटाविरुद्ध मुद्दा दायर गरेका थिए । यसअघि २०७६ फागुन ३० गते मुद्दा पेशीमा चढाइएको थियो । त्यसबेला अदालतले उक्त मुद्दा हेर्न नभ्याउने जनाउँदै सुनुवाइ पछि सारेको थियो ।

सभामुखविरुद्धको उक्त मुद्दा हेर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलास बनेको छ । जसमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् ।



नयाँ