arrow

केपी ओली र माधव नेपालबीच भेटवार्ता

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख ८ बुधबार
OLI-Nepal-ncp.jpg

काठमाडौं । नेकपा एमाले विभाजनको डिलमा पुगेको बेला एमाले अध्यक्ष एवं  प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता  भएको छ । नागपोखरीस्थित होटल मेरियटमा भएको भेटमा विष्णु पौडेल पनि सहभागी भएका छन् ।

नेकपा एमाले विभाजनको डिलमा पुगेको बेला एमाले अध्यक्ष एवं  प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भइरहेको छ । 

नागपोखरीस्थित होटल मेरियटमा अध्यक्ष ओली र  नेता नेपालबीच छलफल जारी छ । भेटमा विष्णु पौडेल पनि सहभागी भएका छन् ।

लामो समयदेखि प्रधानमन्त्रीसमेत रहेका ओली र नेता नेपालबीच भेट भएको थिएन भने दुई नेताहरुले एकले अर्काको चर्को आलोचना गर्दै आइरहेका थिए । 

मंगलबार मात्रै पनि ओलीले एमालेको नेपाल समूहका २७ जना संघीय सांसद र पाँच प्रदेश सांसदलाई पार्टी हित विपरीतका क्रियाकलापमा संलग्न रहेको भन्दै किन कारबाही नगर्ने भन्दै स्पष्टीकरण सोधेका थिए । सो स्पष्टीकरणको जवाफ ७ दिन भित्र बुझाउन भनिएको थियो । 

तर, आज बुधवार एकाएक ओली र नेपालबीच वालुवाटार बाहिर होटेलमा संवाद चलिरहेको छ । आजै बालुवाटारमा नेता नेपाल निकट युवा नेता योगेश भट्टराई प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए । 

संसद् विघटनको घटना भएबाट प्रधानमन्त्री ओली र नेता नेपालबीचको सम्बन्ध बिग्रिएको थियो । त्यसपछि नेकपाको एकता सर्वोच्च अदालतले भङ्ग गराएपछिसमेत दुई नेताबीच संवादहीनताको स्थिति थियो । नेता नेपालले बालुवाटारमा हुने पार्टीका बैठकमा सहभागी नहुने भनेपछि पार्टीको बैठक नै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ