arrow

चीनको महत्त्वाकाङ्क्षी बीआरआई परियोजना कोरोना महामारीका कारण अवरुद्ध

logo
एजेन्सी
प्रकाशित २०७८ वैशाख ८ बुधबार
africa.png

बेइजिङ। चीनको महत्त्वाकाङ्क्षी बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को कोभिड-१९ महामारीका कारण अवरुद्ध भएको छ। महामारीले परियोजनाका कामहरू रोकिदा बेइजिङको रणनीतिमा पनि असर पारेको छ। बेइजिङले यस परियोजनालाई विशेष गरी अफ्रिकाको उदाउँदो आर्थिक बजारमा विस्तार गरेको भए पनि ती राष्ट्रहरूले ऋण भुक्तान गर्न भने सकिरहेको छैन।

एसिया टाइम्सका अनुसार गत वर्ष महामारीका कारण विश्वव्यापी अर्थतन्त्रमा ठुलो धक्का लाग्नुअघि पनि बीआरआई परियोजनाहरूका लागि चिनियाँ ऋण घटेको थियो। किनकि धेरै अफ्रिकी परियोजनाहरूले चिनियाँ कम्पनीहरूलाई ऋण तिर्न सङ्घर्ष गरिरहेका थिए।

जाम्बिया पहिलो राष्ट्र हो, जुन २०२० मा डिफल्ट भयो। अन्ततः अक्टोबरमा चीन विकास बैङ्कमा ऋण चुक्ता गर्ने सम्झौतामा पुगेको थियो। अर्कोतर्फ, केन्याले भर्खरै बेइजिङको स्वामित्वमा रहेको अफ्रिका स्टार रेलवे अपरेसन कम्पनी (अफ्रिस्टार) सँगको करार समाप्त गर्ने घोषणा गरेको छ।

अफ्रिकालाई २०१७ मा बीआरआईको एक भागको रूपमा समावेश गरिएको थियो र १० वर्षसम्म यात्री र फ्रेट अपरेसन सञ्चालन गर्ने गरेको थियो। एसिया टाइम्सका अनुसार ऋण चुक्ताको समस्याले सार्वजनिक निजी साझेदारी (पीपीपी) को नयाँ लहरलाई चीनले अगाडि बढाइरहेको छ।

बेइजिङले मोजाम्बिकदेखि युगान्डामा चिनियाँ कम्पनीहरूलाई अफ्रिकी देशहरूमा ऋणको बोझ कम गर्न पीपीपी मोडलमा नयाँ निर्माण गर्न प्रोत्साहन गरिरहेको छ। सडक टोलहरू जस्ता राजस्व दिने नाफाको परियोजनाका अंशमा चिनियाँ आँखा गडेको देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ