- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित र मृतक बढिरहँदा बुधबार अहिलेसम्मकै बढी संक्रमित र मृतक थपिएका छन् । बुधबार २१ अप्रिल, ८ बैशाखमा अहिलेसम्मकै बढी संक्रमित थपिए । बुधबार ३ लाख १५ हजार ५५२ जना संक्रमित थपिए । त्यसैगरी बुधबार २ हजार १०१ जनाको ज्यान गएको छ । यो संख्या संक्रमितमा विश्वभरकै सबैभन्दा बढी हो । मृतकमा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी हो ।
गत मंगलबार २ लाख ९४ हजार ११५ संक्रमित थपिएकामा २ हजार २० जनाको ज्यान गएको थियो । सोमबार २ लाख ५६ हजार ८२८ जना संक्रमित थपिएका थिए । आइतबार २ लाख ७४ हजार ९४४ संक्रमित थपिएका थिए । शनिबार २ लाख ६० हजार ५३३ जना संक्रमित थपिएका थिए । शुक्रबार २ लाख ३४ हजार थपिएका थिए । हरेक दिन भारतमा रेकर्ड बनिरहेको छ । बिहीबार २ लाख १६ हजार ६४२ जना थपिएका थिए ।
योसँगै कुल संक्रमितको संख्या भारतमा १ करोड ५९ लाख २४ हजार ८०६ पुगेको छ । भारतमा सक्रिय संक्रमित बढेर २२ लाख ८४ हजार ४०६ पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा पहिलो लहरको उच्च बिन्दूको समयमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए ।
मृतकको स्थिति पनि भयावह बन्दै गएको छ । मृतकको दर पनि उच्च पुगेको छ । बुधबार गएको २ हजार १०१ जनाको मृत्यु अहिलेसम्मकै बढी हो । मंगलबार २ हजार २० जनाको, सोमबार १ हजार ७५७ जनाको ज्यान गयो । आइतबार १ हजार ६२० जनाको, शनिबार १ हजार ४९२ जनाको, शुक्रबार १ हजार ३३८ जनाको , बिहीबार १ हजार १८२ जनाको, बुधबार १ हजार ३७ जनाको र मंगलबार १ हजार २६ जनाको ज्यान गएको थियो ।
अहिलेसम्म १ लाख ८४ हजार ६७२ जनाको ज्यान गइसकेको छ । बुधबार १ लाख ७९ हजार ४०७ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड ३४ लाख ४९ हजार ४०६ जना संक्रमणमुक्त भएका छन् ।
राज्यहरुको अवस्था
सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । बुधबार ६७ हजार ४६८ जना संक्रमित थपिएका छन् । मंगलबार ६२ हजार ९७ जना, सोमबार ५८ हजार ९२४ जना, आइतबार अहिलेसम्मकै सर्वाधिक ६८ हजार ६३१ जना, शनिबार ६७ हजार १२३ जना, शुक्रबार ६३ हजार ७२९ जना, बिहीबार ६१ हजार ६९५ जना संक्रमित थपिएका थिए ।
हाल महाराष्ट्रमा मात्रै ६ लाख ९५ हजार ७४७ जना सक्रिय संक्रमित रहेका छन् । बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ५६८ जनाको ज्यान गयो । मंगलबार ५१९ जनाको, सोमबार ३५१ जनाको, आइतबार ५०३ जनाको, शनिबार ४१९ जनाको, शुक्रबार ३९८ जनाको, बिहीबार ३४९ जनाको, बुधबार २७८ जनाको ज्यान गएको थियो ।
राजधानी दिल्लीमा समेत सक्रिय संक्रमित ८५ हजार ३६४ पुगेका छन् । बुधबार मात्रै २४ हजार ६३८ संक्रमित थपिए । दिल्लीमा बुधबार २४९ जनाको ज्यान गएको छ । उत्तर प्रदेशमा २ लाख ४२ हजार २६५ जना सक्रिय संक्रमित छन् । बुधबार ३३ हजार १०६ संक्रमित थपिए । त्यस्तै मृतक १८७ थपिए ।
नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ६३ हजार ७४६ जना पुगेका छन् । बुधबार अहिलेसम्मकै बढी १२ हजार २२२ जना संक्रमित थपिएका छन् । बुधबार ५६ जनाको ज्यान गएको छ ।
संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । खुला आकाशमा बिरामीको उपचार भइरहेको छ । औषधिको समेत अभाव भएको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सनसमेत नपाइएको दुखेसो पीडितले गरेका छन् । अक्सिजनको समेत अभाव भएको छ ।
भारतमा अहिलेसम्म १३ करोड १ लाख १९ हजार ३१० जनालाई कोरोनाको खोपसमेत लगाइसकिएको छ ।