arrow

देशैभर वर्षा, काठमाडौंमा बेलुकीदेखि मौसममा सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
raining.jpeg

काठमाडौं । बुधबार बेलुकीदेखि बिग्रिएको देशभरको मौसममा सुधार हुने क्रम रहेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार मौसममा सुधार हुँदै गएको हो । सबै प्रदेशहरुबाट मौसम प्रदेश १ मा सर्दै बाहिरिने क्रममा रहेको छ । 

उनका अनुसार काठमाडौं उपत्यकाको मौसम पनि सफा हुने क्रममा रहेको छ । केही समयपछि वर्षा पनि कम हुनेछ । उक्त वर्षा पनि प्रदेश १ मा सर्दै जानेछ । 

मानन्धरका अनुसार उपत्यकामा दिनभरि बादल हुनेछ । वर्षा हुँदै रोकिने छ । बेलुकीदेखि भने काठमाडौंमा मौसममा सुधार हुनेछ । 

न्यूनतम तापक्रम भने काठमाडौंको १३.८ डिग्रीमा घटेको छ । अधिकतम तापक्रम २५ डिग्री सेल्सियससम्म मात्र हुनेछ । 

बुधबार न्यूनतम १४.५ र अधिकतम २२.८ डिग्री सेल्सियस रहेको थियो । 

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । उक्त प्रभाव अनुसार प्रदेश २,  बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र  सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश  र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्टयाङ्ग, हावाहुरीसहित क्षणिक–हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ।

राति सबै प्रदेशहरुमा स्थिति सामान्य हुँदै गएर प्रदेश १ मा पुगेर शुक्रबारदेखि मौसम सामान्यतया सफा रहने छ । 

किसान खुशी 
लामो समयको खडेरीपछि वर्षा भएसँगै किसानहरु भने हर्षित भएका छन् । यो मकै छर्ने समय हो । तर खडेरीका कारण मकै लगाउन समेत धेरै स्थानमा समस्या भएको छ । 

अब कमै पानी परेको भए पनि यो वर्षाले मकै लगाउन सकिने अनुभवी कृषकहरु बताउँछन् । बुधबार सबैभन्दा बढी जुम्लामा १५.९ डिग्री सेल्सियस वर्षा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ