arrow

भारतबाट फर्किएका पुरुषको कारोनाबाट मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
dead2.jpg

डोटी । अछामको साँफेबगर नगरपालिका-६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट बिहिवार बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार भारतबाट रोजगारी गरी हालै घर फर्किएका ती पुरुषको जिल्ला अस्पताल मङ्गलसेनमा उपचारका क्रममा मृत्यु भएको हो ।

ज्वरो तथा रुघाखोकीले लागेपछि बुधबार उनलाई बयलपाटा अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमण देखिएपछि ती पुरुषलाई जिल्ला अस्पतालका आइसोलेशनमा राखेर उपचार शुरु गरिए पनि बिहिवार बिहान उनको मृत्यु भएको हो । दोस्रो चरणको कोरोना संक्रमणका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटी तथा अछाममा एक-एक जनाको मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ