arrow

माधव नेपालको स्थान र वरीयताका बारेमा ओली र नेपाल फेरि वार्तामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
oli-nepal.jpg

काठमाडौं । नेकपा एमालेमा माधव नेपालको स्थान र वरीयताका बारेमा कुरा मिल्न बाँकी भएपछि निष्कर्षवीहिन बनेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता विहीबार(आज) पनि हुने भएको छ ।

नागपोखरीस्थित होटल मेरियटमै दिउँसो हुन लागेको वार्तामा नेता नेपाललाई पार्टीमा कुन स्थान र वरीयतामा राख्ने बारेमा छलफल हुने बताइएको छ ।

दुई नेताबीच एक्लाएक्लै हुन लागेको वार्तामा नेपालले बुधबार साँझ ओलीसमक्ष राखेका केही प्रस्तावहरुमाथि छलफल हुने एमाले स्रोतले जनाएको छ । नेता नेपालले बुधवार साँझ भएको वार्तामा २०७५ जेठ २ मा फर्किए कुरो मिल्ने तर्क राखेका थिए। उक्त प्रस्तावमा ओली सकरात्मक जस्तै देखिएपनि नेपाललाई कुन स्थान दिने भन्नेबारे आज छलफल हुनेछ ।

यता, माधव नेपालसहित १५ जना नेताले पार्टी एकताका लागि सामूहिक वक्तब्य निकालेका छन् । नेपाललाई साथ दिने नेताहरुमा अमृत बोहोरा, भीम रावल, योगेश भट्टराई, वेदुराम भुषाल, घनश्याम भुषाललगायतका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ