arrow

जसपा फुट्दै : पूर्व राजपाको बैठक सिंहदरबारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
jasapa-rajpa.jpg

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू पक्षधर नेताहरूको बैठक बोलाएका छन् ।  बैठकका लागि भन्दै उनले बिहीबार (आज) संसदीय दलको कार्यालय सिंहदरबारमा पूर्व राजपाबाट सांसद बनेका नेताहरूलाई बोलाएका हुन् ।
 
जसपा नेतृ चन्दा चौधरीले बैठक नभएर अनौपचारिक छलफलमा मात्रै भएको र पूर्व राजपाका तर्फबाट सांसद बनेका १२ जना सांसदहरू छलफलमा सहभागी भएको जानकारी दिइन् ।  अनौपचारिक भनिएको सो बैठकमा अध्यक्ष ठाकुरले सरकार पक्षसँग भइरहेको वार्ता र परिणाम बारे ब्रिफिङ गरेका थिए ।  सो क्रममा उनले कांग्रेससँग पनि छलफल चलिरहेको तर कांग्रेससँग भन्दा एमाले अध्यक्षसमेत रहेका केपी ओली नेतृत्वको  सरकारसँगको वार्ता बढी सकारात्मक रहेको सन्देश सुनाएका छन् ।

बैठकमा पूर्व समाजवादी पार्टीका सांसदहरूलाई भने बोलाइएको थिएन ।  सो समूह प्रधानमन्त्री ओलीसँग नभएर कांग्रेस र माओवादीको गठबन्धन बनाएर सरकार बनाउनु पर्ने पक्षमा छ ।
 
पूर्व समाजवादीका एक सांसदलाई हामीले ‘तपाईँहरू बैठकमा जानु भएन ?’ भनेर सोध्यौँ । जवाफमा ती सांसदले भने,‘पार्टीको बैठक भए बोलाइन्थ्यो गुटको बैठक होला, थाहा भएन ।’ ती सांसदका अनुसार जसपा भित्र पूर्व राजपा र समाजवादी छुट्याएर बैठक बोलाउने परिस्थिति बन्नुले पार्टी विभाजनको सङ्घारमा पुगिसक्यो भन्ने सन्देश दिएको बताए ।

‘पार्टीको बैठक बस्न छाडेर, एकताअघिकै गुटलाई बैठकमा बोलाउँदा अब एकता भङ्ग भयो भन्ने बुझ्दा हुन्छ, यो परिस्थिति भनेको पार्टी विभाजन भयो भनेकै बराबर हो, यसको सन्देश पनि त्यही हो ।’ ती सांसदले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ