arrow

ओली-नेपाल दोस्रो चरण वार्ता : हिजो प्रफुल्ल, आज निराश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
oli-nepal-1619092070.jpg

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको दोस्रो चरणको बिहीबारको वार्ता केही बेरअघि सकियो । बुधवार साँझ र बिहीबार दिउसो भएको वार्ताकै बीच दुवै नेताले वार्ता कक्षको झ्यालबाट पुनर्निर्माण अन्तिम अन्तिममा रहेको धरहरा नियाल्दै गरेको फोटो बाहिरियो । त्यसपछि धेरैले अपेक्षा गरे की वार्ता सकारात्मक दिशामा गएछ ।
 
तर वार्ता सकिएर बाहिरिँदै गर्दा नेता नेपालले दिएको प्रतिक्रिया भने झ्यालबाट आत्मीयता साट्दै धरहरा नियालेको जस्तो देखिएन , नेपालले सञ्चार कर्मीहरूको जिज्ञासाको जवाफ दिँदै भने ‘कुराकानीमा प्रगति छैन, बोल्दिन ।’

उनको यो जवाफ साँच्चै त्यस्तै हो वा उनले सञ्चारकर्मीको प्रश्नलाई छल्न मात्रै त्यसो भने भन्ने खुल्न बाँकी छ । तर, मारियट होटेलमा भएको बुधवार को वार्ताबाट जति प्रफुल्ल रूपमा दुवै नेता बाहिरिएका थिए, बिहीबार (आज) त्यस्तो भने देखिएन ।
 
एमाले स्रोतका अनुसार नेता नेपालले भेटवार्ताका क्रममा कारवाहकसहितका पछिल्ला निर्णयहरूबाट ब्याक हुन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । तर ओलीले भने नेपालको सो प्रस्तावमा निर्णय दिएनन् ।

ओली र नेपाल बीच बुधवार समेत सोही होटेलमा झन्डै दुई घण्टा वान टु वान वार्ता भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ