arrow

२४ घण्टामा थपिए २४ सय कोरोना संक्रमित, ५ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
corona-nepal-1618404789.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसमध्ये २ हजार ३ सय ६५ जनाको पीसीआरबाट र ६३ जनाको एन्टीजीन परीक्षणबाट संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ ।

बिहीबार काठमाडौँ जिल्लामा मात्रै ९ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै भक्तपुरमा ८१ र ललितपुरमा १ सय ५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ५२ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ भने, २ जनाको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको तथ्याङ्क मिलेको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार १ सय १७ पुगेको छ ।

संक्रमितमध्ये १ सय ७० जनाको गम्भीर अवस्थामा आइसियुमा उपचार भइरहेको छ । भने झनै जटिल अवस्थामा ५९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । काठमाडौँ उपत्यकामा मात्रै ५२ जनाको आइसियु र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा कोभिडका लागि १ हजार १ सय ८० आइसियु र ५ सय १२ भेन्टिलेटर मात्रै उपलब्ध छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ