arrow

राष्ट्रिय सभाको उपनिर्वाचन जेठ ६ गते

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
election-commission-nepal.jpg

काठमाडौँ । राष्ट्रिय सभातर्फ रिक्त एक सदस्य पदमा जेठ ६ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन अयोगका अनुसार राष्ट्रिय सभा सदस्य पदमा निर्वाचित रामबहादुर थापाको रिक्त पदमा पूर्तिको लागि राष्ट्रियसभा निर्वाचन ऐन २०७५ को दफा ५ बमोजिम निर्वाचन हुने भएको हो ।

गत ६ वैशाखको नेपाल सरकारको निर्णय अनुसार राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको मिति घोषणा भएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पदरिक्त भएमा ३५ दिनभित्र सरकारले तोकेको मितिमा बाँकी अवधिका लागि उपनिर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ ।

सोही अनुसार सरकारले निर्वाचन अयाोगको परामर्शमा उपनिर्वाचनको मिति तोकेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ