arrow

वैशाखमा दार्चुलामा हिमपात

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ९ बिहिबार
api-himal.jpg

दार्चुला । हिमाली जिल्ला दार्चुलामा वैशाख महिनामा हिमपात भएको छ । बुधवार दिउँसोदेखि उच्च हिमाली तथा लेकाली भेगमा हिमपात भएको हो ।

 पुस, माघ र फागुन महिनामा मात्रै हिउँ परेको देखेका यहाँका स्थानीयहरूले वैशाख महिनामा हिउँ पर्दा अचम्म मानेका छन् ।

दार्चुलामा मङ्सिर देखी फागुन महिनाको अन्तिमसम्म हिउँ परेको हुन्थ्यो । यो पटक हिउँदका तीन-चार महिना हिउँ नै परेन । वैशाख महिनामा हिउँ परेको हो । हिमपात सँगै जिल्लामा चिसो बढेको छ ।

ब्याँस गाउँपालिकाको केन्द्र सुन्सेराको कैँचुला वनमा वैशाख महिनामा हिमपात भएको देखेको पहिलो पटक भएको ब्याँस-४ सुन्सेराका मानसिंह कुवरले बताए ।

यस्तै अपि हिमाल गाउँपालिकाको क्षेत्ती, सिति, ल्वथी, लुम्चातिर बाक्लो हिउँ परेको अपि हिमाल-६ सितोलाका स्थानीय विशन सिंह बुढाथोकीले बताए । खडेरीको सामना गरेका यहाँका किसानहरू हिउँ पर्दा खुसी भएका छन् ।

अहिले आएर परेको हिउँ र वर्षाले खेतबारीमा मकै लगाउन तयारी गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ