arrow

कहाली लाग्दो कोरोना 

भारतमा एकैदिन थपिए तीन लाख ३३ हजार संक्रमित र २२ सय ५६ मृतक

१३ करोड २३ लाख ३१ हजारले लगाए कोरोनाको खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
corona-india-1619140364.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित र मृतक बढिरहँदा बिहीबार अहिलेसम्मकै बढी संक्रमित र मृतक थपिएका छन् । बिहीबार २२ अप्रिल, ९ बैशाखमा अहिलेसम्मकै बढी संक्रमित थपिए । बिहीबार ३ लाख ३२ हजार ५०३ जना संक्रमित थपिएका छन् । बिहीबार २ हजार २५६ जनाको ज्यान गयो । संक्रमितको संख्या कुनै पनि देशको एकै दिनको सबैभन्दा बढी हो । गत जनवरी ७ तारिखमा अमेरिकामा एकै दिन ३ लाख ७ हजार संक्रमित एकैदिन थपिएका थिए । त्योभन्दा कयौं हजार बढी भारतमा लगातार देखिएको छ । 

बुधबार भारतमा ३ लाख १५ हजार ८०२ जना संक्रमित थपिएका थिए । त्यसैगरी बुधबार २ हजार १०२ जनाको ज्यान गएको थियो । 

गत मंगलबार २ लाख ९४ हजार ११५ संक्रमित थपिएकामा २ हजार २० जनाको ज्यान गएको थियो । सोमबार २ लाख ५६ हजार ८२८ जना संक्रमित थपिएका थिए । आइतबार २ लाख ७४ हजार ९४४ संक्रमित थपिएका थिए । शनिबार २ लाख ६० हजार ५३३ जना संक्रमित थपिएका थिए । हरेक दिन भारतमा रेकर्ड बनिरहेको छ । 

योसँगै कुल संक्रमितको संख्या भारतमा १ करोड ६२ लाख ५७ हजार ३०९ पुगेको छ ।  भारतमा सक्रिय संक्रमित बढेर २४ लाख २२ हजार ८० पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा पहिलो लहरको उच्च बिन्दूको समयमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए । 

मृतकको स्थिति पनि भयावह बन्दै गएको छ । मृतकको दर पनि उच्च पुगेको छ । बिहीबार २ हजार २५६ जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउने १ लाख ८६ हजार ९२८ पुगेको छ । 

बुधबार २ हजार १०२ जनाको, मंगलबार २ हजार २० जनाको, सोमबार १ हजार ७५७ जनाको ज्यान गयो । आइतबार १ हजार ६२० जनाको, शनिबार १ हजार ४९२ जनाको, शुक्रबार १ हजार ३३८ जनाको , बिहीबार १ हजार १८२ जनाको, बुधबार १ हजार ३७ जनाको र मंगलबार १ हजार २६ जनाको ज्यान गएको थियो । 

बुधबार १ लाख ९२ हजार १८० जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड ३६ लाख ४१ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् । 

राज्यहरुको अवस्था
सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । बिहीबार ६७ हजार १३ जना संक्रमित थपिएका छन् । बुधबार ६७ हजार ४६८ जना, मंगलबार ६२ हजार ९७ जना, सोमबार ५८ हजार ९२४ जना, आइतबार अहिलेसम्मकै सर्वाधिक ६८ हजार ६३१ जना, शनिबार ६७ हजार १२३ जना, शुक्रबार ६३ हजार ७२९ जना, बिहीबार ६१ हजार ६९५ जना संक्रमित थपिएका थिए । 

हाल महाराष्ट्रमा मात्रै ६ लाख ९९ हजार ८५८ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार ५६८ जनाको ज्यान गएको छ । बुधबार  ५६८ जनाको, मंगलबार ५१९ जनाको, सोमबार ३५१ जनाको, आइतबार ५०३ जनाको, शनिबार ४१९ जनाको, शुक्रबार ३९८ जनाको, बिहीबार ३४९ जनाको, बुधबार २७८ जनाको ज्यान गएको थियो । 

राजधानी दिल्लीमा समेत सक्रिय संक्रमित ९१ हजार ६१८ पुगेका छन् । बिहीबार २६ हजार १६९ संक्रमित थपिए । दिल्लीमा बिहीबार ३०६ जनाको ज्यान गएको छ । 

उत्तर प्रदेशमा २ लाख ५९ हजार ८१० जना सक्रिय संक्रमित छन् । बिहीबार ३४ हजार २५६ संक्रमित थपिए । त्यस्तै मृतक १९५ थपिए ।

नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ६९ हजार ८६८ जना पुगेका छन् । बिहीबार ११ हजार ४८९ संक्रमित थपिए । बुधबार अहिलेसम्मकै बढी १२ हजार २२२ जना संक्रमित थपिएका थिए । बिहीबार ५९ जनाको ज्यान गएको छ । 

संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । खुला आकाशमा बिरामीको उपचार भइरहेको छ । औषधिको समेत अभाव भएको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सनसमेत नपाइएको दुखेसो पीडितले गरेका छन् । अक्सिजनको समेत अभाव भएको छ । 

भारतमा अहिलेसम्म १३ करोड २३ लाख ३० हजार ६४४ जनालाई कोरोनाको खोपसमेत लगाइसकिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ