arrow

राष्ट्रिय सुरक्षा कानुनको नाममा चीनद्वारा मानवअधिकार हनन गरेको आरोप

logo
एजेन्सी
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
un-rights-chief-bachelet.jpg

जेनेभा। चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुनको नाममा अल्पसङ्ख्यक उइगुर समुदाय र हङकङमा आधारभूत स्वतन्त्रताको अधिकार हनन गरिरहेको आरोप लागेको छ। चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन साथै कोरोना भाइरस रोकथामका कदमको नाममा अल्पसङ्ख्यक उइगुर र हङकङमा आधारभूत स्वतन्त्रता हनन गरेको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख मिसेल बसेलेटले टिप्पणी गरेकी छन्।

मानवअधिकार परिषद्को ४६ औँ सभालाई सम्बोधन गर्दै बसेलेटले चीनले आधारभूत स्वतन्त्रताको अधिकार हनन गरिरहेको टिप्पणी गरेकी हुन्। चीन सरकारको राष्ट्रिय सुरक्षा कानुनको नाममा भइरहेका दमन विरुद्ध आवाज उठाउने मानवअधिकारकर्मी, वकिल तथा विदेशी नागरिकहरूलाई समेत चीन सरकारले अभियोग लगाउने तथा थुनामा राख्ने गरेको बसेलेटले बताएकी छिन्।

चीनमा कोभिड१९ विरुद्धको कडा कदम लिएका कारण पनि नागरिक अधिकार र स्वतन्त्रता उपभोग गर्न मानिसहरू वञ्चित भएको र हङकङमाथि लागु गरेको नयाँ सुरक्षा कानुनले पनि स्वतन्त्रताको अधिकार हनन गरेको बसेलेटले टिप्पणी गरिन्।

हङकङमा लोकतन्त्रवादीहरू विरुद्ध चीन सरकारको समर्थनमा चीनले गत वर्ष नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गरेको छ। यही कानुनको बलमा हङकङमा विभिन्न आन्दोलनमा सहभागी भएका छ सय भन्दा बढी मानिसहरूमाथि अनुसन्धान जारी गरेको छ।

चीन सरकारले हङकङमा लोकतन्त्रवादीहरूलाई दमन गर्न तथा आफूप्रति बफादारहरूलाई समर्थन गर्न राष्ट्रिय सुरक्षा कानुन ल्याएको भन्दै विभिन्न अन्तर्राष्ट्रिय समुदायहरूले आलोचना गर्दै आएका  छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ