arrow

अस्पतालहरुमा अक्सिजन सकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
oxygen-corona.jpg

काठमाडौं । कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएसँगै अस्पतालहरुमा अक्सिजनको अभाव भएको छ । भारतमा पछिल्लो समय सबैभन्दा बढी संक्रमित फैलिएसँगै राजधानी दिल्लीका छ वटा अस्पतालमा अक्सिजन पूर्णरुपमा सकिएको चिकित्सकहरुले जनाएका छन् ।

अन्य अस्पतालहरुमा केही घन्टाको निम्ति मात्रै अक्सिजन बाँकी रहेको बताइएको छ । अक्सिजनको अभावमा कयौँ बिरामीहरुले ज्यान गुमाएको बीबीसीले लेखेको छ । 

दिल्लीको अस्पतालमा उपचार गराइरहेका राजनीतिकर्मी सौरभ भारद्वाजले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै आफू रहेको अस्पतालमा तीन घन्टा पुग्ने अक्सिजन मात्र रहेको जानकारी दिँदै सहयोगको अपिल गरेका छन् ।

९९ प्रतिशतभन्दा धेरै सघन उपचार कक्षका शैय्या बिरामीले भरिएको अधिकारीहरुले जनाएका छन् । अक्सिजन आपूर्ति प्रभावित हुँदा लुटपाट हुन थालेको विवरण आएको बीबीसीले लेखेको छ । 

दिल्लीस्थित एपोलो अस्पतालका प्रबन्ध निर्देशक पी शिवकुमारले आफ्नो अस्पतालमा ३५० जना सङ्क्रमितको उपचार भइरहेको र सबैलाई अक्सिजनको खाँचो रहेको बताएका छन् । 
तर आपूर्ति निकै अनियमित रहेको भन्दै उनले बिरामीको उपचारमा समस्या भोग्नु परेको दुखेसो पोखेका छन् । 

सङ्क्रमित भइ दिल्लीको अस्पतालमा उपचार गराइरहेका राजनीतिकर्मी सौरभ भारद्वाजले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै आफू रहेको अस्पतालमा तीन घन्टा पुग्ने अक्सिजन मात्र रहेको जानकारी दिँदै सहयोगको अपिल गरेका छन् ।

भारतको सर्वोच्च अदालतले सरकारलाई अक्सिजन तथा अत्यावश्यक औषधिको चरम अभावलाई सम्बोधन गर्न राष्ट्रिय योजना बनाउन निर्देशन दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ