arrow

युक्रेनको सीमाबाट सेना फिर्ता लैजाँदै रुस

logo
एजेन्सी
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
russia9.jpg

काठमाडौँ। रुसले शुक्रवारदेखि युक्रेनको सीमा क्षेत्रमा खटाएको सैन्य बल स्थायी क्याम्पमा फर्काउने भएको छ। युक्रेनसँग तनाव बढ्दै गएको अवस्थामा रुसले दसौँ हजार सेना सीमा क्षेत्रमा अस्थायी रूपमा खटाएको थियो।

युक्रेनबाट अलग्याएर रुसले आफूमा गाभेको त्रिमिया र पूर्वी सीमा क्षेत्रमा रुसले सैन्य सङ्ख्या बढाएपछि मस्को र कीभबीच तनाव बढेको थियो। रुसले युक्रेनले पश्चिमाहरूको इसारामा आफुसविरुद्ध कथित खतराको आरोप लगाएको गुनासो गरेको थियो।

रुसले युक्रेनमा आक्रमण गर्न सक्नेसम्मको अवस्था पुगेका बेला युक्रनेलाई जर्मनी र अन्य पश्चिमी मुलुकहरूले सहयोग गरिरहेका छन्। तर, आजबाट रुसले सेना फिर्ता पठाउने निर्णय गरेको त्यहाँका एक सञ्चारमाध्यमले जनाएको छ। यसो हुँदा युक्रेनसँगेको तनावमा कमी आउन सक्ने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ