arrow

'ओली वायुपङ्खी घोडामा चढे, सबैतिर त्राहिमाम् अवस्था'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
oli-nepal-1619092070.jpg

जनकपुरधाम । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन्  ।

सो पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा शुक्रवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष दम्भको वायु पङ्खी घोडामा चढेको कारण एकता क्षीण हुँदै गएको बताए । पार्टी गम्भीर सङ्कटको चरणबाट गुज्री रहेको छ भन्दै उनले सङ्कटको सिर्ज नकार पार्टी अध्यक्ष भएको आरोप लगाए ।

उनले आफूसँगको कुराकानीमा आफू समाधानको बाटो अपनाउन आग्रह गरेकोमा पार्टी अध्यक्षले पार्टी एकता सुन्ने नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको धारणा राखे ।

वरिष्ठ नेता नेपालले पार्टी अध्यक्षले आफूलाई कारबाही गरेकोबारे विचार गर्न सकिने छ भनी जाली कुरा मात्र गरेको भन्दै २७ जना प्रतिनिधिसभा सदस्यसँग माग गरिएको स्पष्टीकरण औचित्यहीन छ भने ।

प्रावधानअनुसार पार्टी अध्यक्षलाई २७ संसद्को पद खोस्ने कुनै आधार नरहेको स्पष्ट गर्दे उनले आफूहरूको मूल घर नेकपा ( एमाले) नै हो, पार्टी अध्यक्षको दम्भ धरहराभन्दा माथि चढिसकेका कारण अध्यक्षले सुधार गर्नुपर्दछ भने ।

उनले पार्टी अध्यक्ष आफूलाई सर्वज्ञानी ठान्ने गरेका कारण सबैतिर त्राहिमाम् अवस्था उत्पन्न भई पाटीको गतिविधि कागजमा सीमित हुन पुगेको प्रसङ्ग उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ