arrow

एमालेबाट राष्ट्रिय सभाको उपनिर्वाचनमा ‘बादल’ नै उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
badal4.JPG

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभातर्फको रिक्त एक पदको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ लाई नै उम्मेदवार बनाउने भएको छ ।  

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रवार एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै एमालेमा प्रवेश गरेका कारण कारबाहीमा परेका थापालाई नै राष्ट्रिय सभाको उपनिर्वाचनमा उम्मेदवार बनाइने बताए ।

प्रधानमन्त्री ओलीले एमालेमा लागेर माओवादी केन्द्रले कारबाही गरेपछि सांसद पद गुमाएका माओवादी नेताहरूलाई उपनिर्वाचनमा जिताएरै छाडिनेसमेत दाबी गरे ।

‘एमालेमा लागेका कारण माओवादीले कारबाहीको नाममा रिक्त बनाएका पदहरूमा निर्वाचनमार्फत जिताएर ल्याउँछौँ, राष्ट्रियसभामा हाम्रो उम्मेदवार रामबहादुर थापा नै हो’, ओलीले भने ।निर्वाचन आयोगको परामर्शमा ६ जेठका लागि उपनिर्वाचनको मिति घोषणा भइसकेको छ ।

एमालेमा लागेका पूर्वमाओवादी नेता र कार्यकर्तालाई उचित जिम्मेवारी दिइने भन्दै अध्यक्ष ओलीले आफू अध्यक्ष भएको पार्टीमा कसैले दुःख नपाउने दाबी गरे ।  

उनले एमालेलाई ध्वंस गर्न चाहनेहरूबाट बचाइसकेकोले अब आफूहरूको भागमा जित मात्रै रहेको र आगामी आम निर्वाचनमा एमालेले देशभरबाट ५० लाख मत ल्याउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ