arrow

राष्ट्रिय सभामा फेरी अर्को पद रिक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
upper-house2.jpg

काठमाडौँ । राष्ट्रिय सभा सदस्यमा फेरी अर्को एक पद रिक्त भएको छ ।  नेकपा माओवादी केन्द्रबाट लुम्बिनी प्रदेशतर्फ राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्काले पार्टी परित्याग गरेपछि उनको स्थान रिक्त भएको हो । उनी एमाले प्रवेश गरिसकेका छन् ।
 
माओवादी केन्द्रले खड्काले दल त्याग गरेको औपचारिक जानकारीसहितको पत्र आज सङ्घीय संसद सचिवालयलाई पठाएको छ ।
संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले खड्काले दल त्याग गरेको सूचना शुक्रवार दर्ता भएको बताए ।  राष्ट्रिय सभाका अध्यक्षले उनको स्थान रिक्त भएको सूचना निकालेपछि औपचारिक रूपमा उनको पद जानेछ ।

निर्वाचन आयोगले बिहीबार मात्रै राष्ट्रिय सभामा एक पद रिक्त रहेको र सोको पूर्तिका लागि ६ जेठमा उपनिर्वाचन गरिने भन्दै सूचना निकालेको थियो ।

अब खड्काको स्थान रिक्त रहेको सूचना राष्ट्रिय सभाबाट जारी भएपछि उनको स्थानमा समेत उपनिर्वाचन गर्नु पर्ने हुन्छ । एमालेले खड्कालाई शुक्रवार मात्रै नेकपा एमाले अर्घाखाँचीको जिल्ला इन्चार्जको  जिम्मेवारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ