arrow

राष्ट्रिय सभा उपनिर्वाचनको मतदान हेटौँडामा

मतदान ९ देखि ३ बजेसम्म

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १० शुक्रबार
election-commission-nepal.jpg

काठमाडौँ । बागमती प्रदेशको अन्य समूह तर्फबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सदस्यको रिक्त पदमा ६ जेठमा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका सन्दर्भमा बसेको शुक्रवारको आयोगको बैठकले निर्वाचनका लागि मतदानको स्थान र समय तोकेको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बागमती प्रदेशको राजधानी हेटौँडामा नै उपनिर्वाचनका लागि मतदान हुने जानकारी दिए । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार उपनिर्वाचनको लागि मतदानको समय बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म निर्धारण गरिएको छ ।

यसै गरी बैठकले निर्वाचनलाई सुव्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचन पूर्व, निर्वाचनको समयमा र निर्वाचन पश्चात् गर्नुपर्ने क्रियाकलापहरू समेटिएको निर्वाचन कार्यपालिका स्वीकृत गरेको छ ।

आयोग बैठकले बागमती प्रदेशको राजधानी हेटौडास्थित प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम निर्वाचन अधिकृतको पदमा नियुक्त गर्न न्याय परिषद्को परामर्शमा २ (दुई) जना (१ जना जगेडा समेत) जिल्ला न्यायाधीशको नामावली माग गरी नेपाल सरकार, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पत्र पठाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ