- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित र मृतक बढिरहँदा शुक्रबार अहिलेसम्मकै बढी संक्रमित र मृतक थपिएका छन् । संक्रमितको संख्या कुनै पनि देशको एकै दिनको सबैभन्दा बढी हो । गत जनवरी ७ तारिखमा अमेरिकामा एकै दिन ३ लाख ७ हजार संक्रमित एकैदिन थपिएका थिए । त्योभन्दा कयौं हजार बढी भारतमा लगातार देखिएको छ ।
शुक्रबार ३ लाख ४४ हजार ९४९ जना संक्रमित थपिए । त्यसैगरी २ हजार ६२० जनाको ज्यान गएको छ । बिहीबार ३ लाख ३२ हजार ५०३ जना संक्रमित थपिएका थिए । बिहीबार २ हजार २५६ जनाको ज्यान गयो ।
बुधबार भारतमा ३ लाख १५ हजार ८०२ जना संक्रमित थपिएका थिए । त्यसैगरी बुधबार २ हजार १०२ जनाको ज्यान गएको थियो ।
गत मंगलबार २ लाख ९४ हजार ११५ संक्रमित थपिएकामा २ हजार २० जनाको ज्यान गएको थियो । सोमबार २ लाख ५६ हजार ८२८ जना संक्रमित थपिएका थिए । आइतबार २ लाख ७४ हजार ९४४ संक्रमित थपिएका थिए । शनिबार २ लाख ६० हजार ५३३ जना संक्रमित थपिएका थिए । हरेक दिन भारतमा रेकर्ड बनिरहेको छ ।
योसँगै कुल संक्रमितको संख्या भारतमा १ करोड ६६ लाख २ हजार ४५६ पुगेको छ । भारतमा सक्रिय संक्रमित बढेर २५ लाख ४३ हजार ९१४ पुगेका छन् । यसअघि गत सेप्टेम्बरमा पहिलो लहरको उच्च बिन्दूको समयमा सबैभन्दा बढी सक्रिय संक्रमित १० लाख २० हजार पुगेका थिए ।
मृतकको स्थिति पनि भयावह बन्दै गएको छ । मृतकको दर पनि उच्च पुगेको छ । शुक्रबार २ हजार ६२० जनाको ज्यान गएसँगै अहिलेसम्म ज्यान गुमाउने १ लाख ८९ हजार ५४९ पुगेको छ ।
बिहीबार २ हजार २५६ जनाको, बुधबार २ हजार १०२ जनाको, मंगलबार २ हजार २० जनाको, सोमबार १ हजार ७५७ जनाको ज्यान गयो । आइतबार १ हजार ६२० जनाको, शनिबार १ हजार ४९२ जनाको, शुक्रबार १ हजार ३३८ जनाको , बिहीबार १ हजार १८२ जनाको, बुधबार १ हजार ३७ जनाको र मंगलबार १ हजार २६ जनाको ज्यान गएको थियो ।
शुक्रबार २ लाख २० हजार ३८२ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म १ करोड ३८ लाख ६२ हजार ११९ जना संक्रमणमुक्त भएका छन् । तर यीमध्ये पनि कतिपयलाई पुनः कोरोना भएर ज्यानैसमेत गएको छ ।
राज्यहरुको अवस्था
सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । शुक्रबार ६६ हजार ८३६ जना संक्रमित थपिएका छन् । बिहीबार ६७ हजार १३ जना, बुधबार ६७ हजार ४६८ जना, मंगलबार ६२ हजार ९७ जना, सोमबार ५८ हजार ९२४ जना, आइतबार अहिलेसम्मकै सर्वाधिक ६८ हजार ६३१ जना, शनिबार ६७ हजार १२३ जना, शुक्रबार ६३ हजार ७२९ जना, बिहीबार ६१ हजार ६९५ जना संक्रमित थपिएका थिए ।
हाल महाराष्ट्रमा मात्रै ६ लाख ९१ हजार ८५१ जना सक्रिय संक्रमित रहेका छन् । शुक्रबार सबैभन्दा बढी ७७३ जनाको ज्यान गएको छ । बिहीबार ५६८ जनाको, बुधबार ५६८ जनाको, मंगलबार ५१९ जनाको, सोमबार ३५१ जनाको, आइतबार ५०३ जनाको, शनिबार ४१९ जनाको ज्यान गएको थियो ।
राजधानी दिल्लीमा समेत सक्रिय संक्रमित ९२ हजार २९ पुगेका छन् । शुक्रबार २४ हजार ३३१ संक्रमित थपिए । दिल्लीमा शुक्रबार ३४८ जनाको ज्यान गएको छ ।
उत्तर प्रदेशमा २ लाख ७३ हजार ६५३ जना सक्रिय संक्रमित छन् । शुक्रबार ३६ हजार ६०५ संक्रमित थपिए । त्यस्तै मृतक १९६ थपिए ।
नियन्त्रणको नजिक पुगेको नेपालसँग सीमा जोडिएको राज्य बिहारमा अहिले फेरि सक्रिय संक्रमित बढेर ७६ हजार ४१९ जना पुगेका छन् । शुक्रबार अहिलेसम्मकै बढी १२ हजार ७६२ संक्रमित थपिए । शुक्रबार ५४ जनाको ज्यान गएको छ ।
संक्रमित बढेसँगै अस्पतालहरु भरिभराउ भएका छन् । खुला आकाशमा बिरामीको उपचार भइरहेको छ । औषधिको समेत अभाव भएको छ । बिरामीका लागि रेमडेसिभिर इन्जेक्सनसमेत नपाइएको दुखेसो पीडितले गरेका छन् । अक्सिजनको समेत अभाव भएको छ ।
भारतमा अहिलेसम्म १३ करोड ५४ लाख ७८ हजार ४२० जनालाई कोरोनाको खोपसमेत लगाइसकिएको छ ।