arrow

जम्मु-कश्‍मिरमा सेनाद्वारा युवाहरूका लागि करिअर काउन्सिलिङ

logo
एजेन्सी
प्रकाशित २०७८ वैशाख ११ शनिबार
kashmir-career-counselling.jpg

जम्मु कश्‍मिर। भारतीय सेनाको ९३ औँ फिल्ड रेजिमेन्टले जम्मू कश्मीरको पुंछ क्षेत्रमा करिअर काउन्सिलिङ कार्यशाला आयोजना गरेको छ।

जम्मू-कश्मिरका युवाहरूलाई उत्प्रेरित गर्ने र मार्ग निर्देश गरी उनीहरूलाई करिअरको अवसरहरूको बारेमा जानकारी गराउने उद्देश्यले उक्त कार्यशाला आयोजना गरिएको जनाइएको छ। सरकारी डिग्री कलेजमा उक्त कार्यशाला आयोजना गरिएको हो।

फतह मोहम्मदका अनुसार सरकारी डिग्री कलेज पुंछका प्राध्यापक अब्बासीले परामर्श सत्रको क्रममा विद्यार्थीहरूलाई सेनामा करियरको अवसरबारे जानकारी गराएका थिए।

“उनीहरूलाई योग्यता मापदण्ड र क्षेत्रको बारेमा जानकारी गराइयो। विद्यार्थीहरूले कार्यक्रममा धेरै चासो लिए। कार्यशालाको आयोजनका लागि सेनाप्रति आभारी छौँ । कार्यशालापछि विद्यार्थीहरू धेरै उत्साहित भए," अब्बासीले भारतीय समाचार एजेन्सीलाई भने।



लोकप्रिय समाचार
नयाँ