arrow

जापानमा सङ्कटकालको घोषणापछि थप त्रास

logo
सिन्ह्वा,
प्रकाशित २०७८ वैशाख ११ शनिबार
corona-japan.jpg

टोकियो। जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड१९ भाइरसको महामारी तीव्र रूपमा फैलिएपछि फेरि पनि सङ्कटकालको घोषणा गरेका छन्। प्रधानमन्त्री सुगाले शुक्रवार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि सङ्कटकालको घोषणा गरेको अधिकारीहरूले जानकारी दिएका छन्।
 
उनले जापानको राजधानी टोकियो र अरू केही पश्चिमी प्रान्तहरू ओशाका, क्योटो र ह्योगोमा सङ्कटकालको घोषणा गरेका थिए। सुरुका महिनाहरूमा यहाँ यो महामारी फैलिएको थिएन। प्रभावकारी रूपमा जापानमा महामारीको नियन्त्रण भइरहेको बताइएको थियो।

तर पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि भने यहाँ महामारी तीव्र बन्दै गएको बताइएको छ। यो महामारी थप नफैलियोस् भन्ने उद्देश्यले यहाँ सङ्कटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन्।

प्रधानमन्त्री सुगाले अहिले हिजो घोषणा गरेको सङ्कटकाल आगामी मे ११ सम्म लागु हुने बताइएको छ। यहाँ सङ्कटकालको घोषणा भएपछि बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिबन्ध लगाइएको छ भने ठुला व्यावसायिक प्रतिष्ठानहरू पनि बन्द हुनेछन्।

दोस्रो पटक पनि यहाँ सङ्कटकालको घोषणा भएपछि यहाँका मानिसमा थप त्रास फैलिएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ