arrow

अमेरिका र टर्कीका राष्ट्रपतिबीच फोन वार्ता

logo
सिन्ह्वा,
प्रकाशित २०७८ वैशाख ११ शनिबार
biden-erdogan.jpg

स्तानबुल। अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीच शुक्रवार फोन वार्ता भएको छ। सो वार्ताका क्रममा उनीहरू एक अर्काको बीचमा व्यापक सहमति निर्माण गरी आगामी दिनमा सहमति र सहकार्यका साथ अघि बढ्ने सहमति भएको बताइएको छ।

टर्कीको राजधानी इस्तानबुलस्थित टर्कीस् राष्ट्रपतिको कार्यालयले दिएको जानकारीमा सो कुरा उल्लेख गरिएको छ। प्राप्त समाचारमा उनीहरूले पछिल्लो समयमा विकसित विश्व राजनीतिका साथै कोभिडका कारण उत्पन्न विश्वव्यापी असहज परिस्थितिका विषयमा पनि कुराकानी गरेका थिए।

उनीहरूले पछिल्लो समयमा विश्वमा कोभिड१९ ले पारेको प्रभावका बारेमा पनि कुराकानी गरेका थिए।

उनीहरूबीच आगामी जुन महिनामा द्विपक्षीय भेटवार्ता हुने भएको बताइएको छ।

आगामी जुन महिनामा बेल्जियमको ब्रसेल्समा नेटो राष्ट्रका नेताहरूको सम्मेलन हुने भएको छ। सोही सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता हुने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ