arrow

पूर्वराजा अस्पताल भर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ११ शनिबार
ganendra_ex-king.jpeg

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्।

छोरी प्रेरणा शाहसहित उनीहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना भएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए।  उनका अनुसार कोभिड–१९ को उपचारका लागि उनीहरु भर्ना भएका हुन्।

केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना सङ्क्रमण देखिएको थियो। कर्पोरेट कम्युनिकेशन बाँस्तोलाले उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ