arrow

अक्सिजन आपूर्तिमा अवरोध गर्नेलाई फाँसी दिन अदालतको आदेश 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १२ आइतबार
oxygen-tank.jpg

काठमाडौं । भारतमा अक्सिजनको अभावमा कोरोना भाइरसका बिरामीको धमाधम ज्यान जान थालेपछि अदालत खरो भएर उत्रिएको छ । अदालतले अक्सिजन आपूर्तिमा अवरोध गर्नेलाई फाँसी दिन आदेश दिएको छ ।

दिल्ली उच्च अदालतले शनिबार यदि कोही केन्द्र सरकार, राज्य सरकार वा फेरि स्थानीय प्रशासनका कुनै अधिकारीले अक्सिजन आपूर्तिमा अवरोध गरे उसलाई फाँसी दिने बताएको छ । 

न्यायाधीश विपिन सांघी र रेखा पल्लीको बेञ्चले अक्सिजन आपूर्तिमा अवरोध गर्नेलाई कुनै माफी दिन नसकिने जनाउँदै यस्तो आदेश दिएको हो ।

दिल्लीको एक अस्पतालले अदालतमा उजुरी गरेपछि अदालतको उक्त कडा आदेश आएको हो । 

उच्च अदालतले दिल्लीलाई पूरै अक्सिजन कहिलेसम्म प्राप्त हुन्छ भनी सोधेको छ । त्यस्तै अदालतले कोरोना उच्च बिन्दूमा पुग्दा त्यसको व्यवस्थापन कसरी हुन्छ भनीसमेत सोधेको छ । 

भारतमा अहिले कोरोनाका संक्रमित र मृतक यसरी बढेका छन् कि कुनै अनि अस्पतालमा उपचारका लागि बेड खाली छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ