arrow

संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले दियो चेतावनी (विज्ञप्ति सहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १२ आइतबार
health-ministry.jpeg

काठमाडौँ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कडाइका साथ स्वास्थ्य मापदण्डको पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

आइबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले दिनानुदिन संक्रमण बढ्दै गएपछि छिमेकी राष्ट्र भारतको झैँ हालत नेपालमा समेत हुनसक्ने चेतावनी दिएको छ । छिमेकी राष्ट्र भारतमा अक्सिजन नपाएर सयौँ संक्रमितले ज्यान गुमाइरहेका छन् ।

हरेक व्यक्तिले स्वास्थ्य मापदण्डको पालना नगर्दा अझ चुनौती बढ्दै गएको भन्दै कडाइका साथ स्वास्थ्य मापदण्डको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

संक्रमणको चक्रलाई रोक्न सकिएन र यसरी नै संक्रमण बढ्दै जाने हो भने केही दिनमा अस्पतालहरुमा बिरामी राख्ने ठाउँसम्म नहुने अवस्था आउन सक्ने चेतावनी मन्त्रालयले दिएको छ ।

यस्तो छ मन्त्रालयद्वारा जारी विज्ञप्ति

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ