arrow

चीनले लगायो ताइवानी भूइँकटहरमा प्रतिबन्ध

logo
एजेन्सी
प्रकाशित २०७८ वैशाख १२ आइतबार
taiwan-pineapple.jpg

ताइपेइ। चीन सरकारले ताइवानबाट आयात हुने भूइँकटहरमा प्रतिबन्ध लगाएको छ। ताइवान सरकारलाई आर्थिक दबाब दिन चीनले सो देशको भूइँकटहरको आयातमा प्रतिबन्ध लगाएको विश्लेषण गरिएको छ।

चीनको ताइवान मामिला कार्यालयले भने वनस्पति रोग सर्नबाट रोक्न र सुरक्षाका दृष्टिकोणले भूइँकटहरमा प्रतिबन्ध लगाएको जनाएको छ। यो सामान्य सावधानीको कदम रहेको बताइए पनि चीनले ताइवानलाई आर्थिक दबाब दिन यस्तो कदम चालेको अनुमान गरिएको छ।

ताइवानी राष्ट्रपति कार्यालयका प्रवक्ता जेभिएर च्यानले चीनको प्रतिबन्ध गर्ने कदम मैत्री भाव विरोधी भएको टिप्पणी गरेका छन्। ताइवानमा प्रत्येक वर्ष चार लाख बीस हजार टन भूइँकटहर उत्पादन हुने गर्दछ।

चीनले ताइवानमाथि आफ्नो पूर्ण सार्वभौमिकताको दाबी गर्दै आएको छ भने ताइवानले आफू स्वतन्त्र मुलुकको दाबी गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ