arrow

ब्रजिलमा संक्रमण तीव्र, अस्पतालहरूले थेग्न सकेनन् बिरामीको चाप

logo
सिन्ह्वा,
प्रकाशित २०७८ वैशाख १३ सोमबार
corona-brazil2_1617869997_1617961875.jpg

साओ पाउलो । ब्रजिलमा कोभिड १९ को प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९० हजार भन्दा बढी पुगेको बताइएको छ । यहाँ यो संक्रमणबाट तीन लाख ९० हजार ७९७ जनाको मृत्यु भएको आइतबार यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यहाँ गत २४ घण्टामा कोभिड-१९ को संक्रमणका कारण एक हजार ३०५ जनाको मृत्यु भएको पनि ब्रजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी यहाँ कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्रजिलमा हालसम्म १ करोड ४३ लाख ९३ हजार २०५ जना संक्रमित भएका छन् ।

यहाँ गत २४ घण्टामा कोभिड-१९ का करिब ३३ हजार जना संक्रमति थपिएका छन् । यहाँ दिनहुँ नागरिकको ज्यान जाने र सङक्रमित हुने क्रम उल्लेख्य मात्रामा कम हुन सकेको छैन । ब्रजिलमा हाल स्वास्थ्य प्रणालीमा नै समस्या उत्पन्न भएको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले कोभिड-१९ का कारण भयानक मात्रामा तनाव खेपिरेहको पनि बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्रजिलमा कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि यहाँका अस्पतालहरूले बिरामीको चाप थेग्न सकेका छैनन् । जसका कारण संक्रमण भएर गम्भीर अवस्थामा पुगेकाहरुको उपचारमा पनि समस्या भएको जनाएका छन् ।

उता यहाँ कोरोना विरुद्धको खोप लगाउने क्रम पनि जारी नै छ । तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रणको उपाय लकडाउन नै भएको विज्ञहरुको दाबी छ ।तर राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको नियन्त्रणका लागि कुनै पनि प्रतिबन्ध तथा लकडाउन घोषणा गर्नुभएको छैन । भाइरस नियन्त्रणका कारण आवश्यक कदम नचालेको भन्दै उनको निकै चर्को आलोचना हुने गरेको छ ।

यहाँको सबैभन्दा बढी प्रभावित भएको क्षेत्र साओ पाओलो हो । यस राज्यमा मात्र २८ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन् । उता यस संक्रमणबाट यस राज्यका मात्र ९२ हजार जना भन्दा बढी व्यक्तिको ज्यान गएको छ । यहाँ अहिले पनि हरेक दिन नयाँ सङक्रमितहरु देखिने क्रम जारी नै छ ।



लोकप्रिय समाचार
नयाँ