arrow

बुटवल मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्वासी बनेर जग्गा रोक्नेको भिड

logo
नारायण वली,
प्रकाशित २०७८ वैशाख १३ सोमबार
motipur-.jpg

 रुपन्देही । दोस्रो चरणको कोरोना भाइरस फैलिएसँगै सावधानी अपनाएर कसरी बाँच्न सकिन्छ भन्ने तर्फ ध्यान दिनुपर्ने वेला छ । तर यता रुपन्देहीको बुटवल उप-महानगरपालिका वडा नं.१७ स्थितमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा रहेको जग्गामा गिद्धे नजर लगाउँदै, सुकुम्वासी रोकाउन भनी, रुपन्देही सहित कैलाली सम्मका नागरिकहरूको लहड चलेको पाइएको छ ।

औद्योगिक क्षेत्राधिकार भित्र पर्ने सो नदी बगेको जग्गामा सुकुम्वासी खुलेको छ, भन्ने लहडले सो क्षेत्रमा हिजोआज सयौँ मान्छेहरूको भिड लाग्ने गरेको पाइएको हो । जसले, आ-आफ्नो हिस्सा भन्दै, ढुङ्गाको निसान बनाएर दिन रात रोकाउनेहरूको भिड लाग्ने गरेको स्थानीयहरूले बताएका छन् ।

स्थानीयहरूका अनुसार, पहिलो चरणको २-३ दिन सम्म त सुकुम्वासी जस्ता देखिने मान्छेहरू आए, तर अहिले त कार, बाइक, अटो र गाडीहरू रिर्जव गरेर रातभर बस्ने गरेको बताउँछन् । उनीहरूले भने, रातीमा सुकुम्वासी रोकाउन भन्दै आएकाहरूले रक्सी खाने र होहल्ला गर्ने भएकाले, हामी त्रासमा बस्न बाध्य भएका छौँ । सम्बन्धित निकायको ध्यान जाओस् ।

दिउँसो उक्त क्षेत्रको सुरक्षा प्रहरीले गर्ने भए पनि  मान्छेहरू आउने क्रम जारी रहेको एक स्थानीयले भने । उनी भन्छन्, साँझको करिब साढे ७ बजे सम्म प्रहरी हुन्छ । त्यसपछि रातीमा रोकाउन आउनेहरूको घुँईचो लाग्छ । नयाँ गाउँवाट आएका रमेश विक नाम बताउनेले भने, 'सुकुम्वासी खुलेको छ रे, भनेर आएको हुँ, सवै जना आएको देखे, नाम टिर्पोट गरेपछि, सुकुम्वासीको टोकन पाइन्छ भन्ने सुनेको छु, तर कसले नाम लेख्छ भेट्न सकेको छैन ।'

रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी र कपिलवस्तु लगायतका मान्छेहरू औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको नाममा रहेको जग्गा रोकाउन आउनेहरूको दिनप्रति दिन सङ्ख्या थपिँदै गएको सुदिप शर्माले जानकारी दिए ।

उनले भने, सुकुम्वासी भन्दा हुकुमवासीले रजाइँ गर्दै आएको जनाउँदै, कतिलाई त मैले चिनेको पनि छु,। जसको बुटवलमा घर भएकाहरू हुन् । सो सम्बन्धमा आफूले रुपन्देहीका प्रहरी प्रमुखलाई समेत जानकारी गराई सकेको र प्रहरीले सो क्षेत्रमा आफूहरूले (क्लियर) गरेको बताए पनि, अवस्था झनै बढ्दै गएको उनको भनाई छ ।

यस्तै, यस सम्बन्धमा स्थानीय एक जनप्रतिनिधिले सुकुम्वासी खुलेको भन्ने कुरा वास्तविकता नभई, अफवाह भएको  बताएका छन् । यो उक्साहट हो, तर कसको हो ? भन्ने बारे थाहा हुन नसकेको बताए ।

No description available.

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले दिएको जानकारी अनुसार हाल मोतीपुर क्षेत्रमा रहेको कित्ता नं.४७ अन्तर्गत नद उकास चौर १११-०-१३-०, सरकारी, अन्य ७५१,८७४.६९, कित्ता नं. ५०६ पर्ती, चौर ७-६-१५-०, सरकारी, अन्य ४९,६९५.३५, र कित्ता नं. २२४ नद उकास चौर ४०-१०-१३-०, सरकारी, अन्य २७४,४७२.४१ लगायत अन्य कित्तामा उल्लेख भएका जग्गाहरू क्रमिक रूपमा अतिक्रमण हुँदै गएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कार्यालयका कार्यालय प्रमुख निमेश अधिकारीले जनाए ।

उनले भने, 'हामीले जनमानसमा फैलाइएको भ्रमलाई चिर्न आफूहरु सहित स्थानीय प्रशासनको सहयोगमा माईकिङ्ग र पर्चा पम्प लेट सम्म वितरण गरे पनि उल्टै व्यवस्थापन लिमिटेडको सवारी माथि आक्रमण भएको छ ।' प्रमुख अधिकारीले, गाडीमा समेत केही क्षति पुगेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ