arrow

कोरोना महामारी रोक्न सेना मैदानमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
bipin-raut-indian-army-chief.jpg

काठमाडौं । भारतमा तीव्र गतिमा बढिरहेको कोरोना भाइरसको महामारी रोक्न अब भारतीय सेना नै मैदानमा उत्रने भएको छ । चिफ अफ डिफेन्स स्टाफ सीडीएस जनरल बिपिन रावतले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी सेनाले महामारी रोक्नका लागि तयारी गरेको जानकारी दिएका हुन् । 

भारतीय हवाई फोर्सको कार्गो एयरक्राफ्टले भारतका विपद परेका कयौं क्षेत्रमा अक्सिजन आपूर्ति गर्ने भएको छ । सेनाले आफ्नो अस्पतालमा आमनागरिकका लागि पनि उपचारको तयारी गरेको छ । 

जनरल रावतले विगत दुई वर्षको अवधिमा सेवा निवृत्त भएका वा समयपूर्व नै सेवा निवृत्त लिएका सेनाका मेडिकल कर्मचारीलाई पनि काममा बोलाइएको बताएका छन् । 

यिनीहरुलाई कोभिड सेन्टरहरुमा तैनाथ गरिने भएको छ । यिनीहरुलाई आफूहरु जहाँ छन् त्यहीँबाटै सेवा दिनका लागि भनिएको छ । 

सेनाका सेवा निवृत्त मेडिकल अधिकारीहरुले इमरजेन्सी हेल्पलाइनमार्फत पनि पीडितलाई मद्धत गर्न सक्ने छन् । 

 



लोकप्रिय समाचार
नयाँ