- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
सोमबार गरिएको पीसीआर परीक्षणमा मन्त्री रायमाझीलाई संक्रमण पुष्टि भएको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिए । उनले भने,‘मन्त्रीज्यू र उहाँकी श्रीमती सैनिक अस्पतालमा भर्ना हुनुभएको छ ।'
त्यस्तै उनका सचिवालयका केही सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको उनको निजी सचिवालयले जनाएको छ ।
गृहजिल्ला अर्घाखाँचीमा आयोजित कार्यक्रममा सहभागी भएर काठमाडौं फर्किएलगत्तै मन्त्री रायमाझीले कोरोना परीक्षणका लागि स्वाब दिएका थिए ।
मन्त्री रायमाझीको स्वास्थ्य अवस्था सामान्य रहेको र सावधानीका लागि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ । मन्त्रीको निजी सचिवालयको फेसबुक पेजमार्फत पनि मन्त्रीको परिवार कोरोना प्रभावित भएको उल्लेख छ ।