- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को केन्द्रीय कार्यकारिणी बैठक बोलाउने वा नबोलाउने बिषयमा विवाद भएको छ ।
पार्टी कार्यालय बालकुमारीमा बसेको पदाधिकारीहरुको बैठक विना निष्कर्ष टुंगिएपछि कार्यकारिणी बैठकबारे अन्योल सिर्जना भएको हो ।
प्राप्त जानकारी अनुसार संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले तत्काल कार्यकारिणी समितिको बैठक बोलाउनुपर्ने अडान लिएका थिए ।
तर महन्थ ठाकुर र राजेन्द्र महतो बैठक बोलाउने पक्षमा नदेखिएपछि नेताहरुबीच सहमति जुट्न नसकेको बताइएको छ । छलफलमा महन्थ ठाकुर, डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई सहभागी थिए ।