arrow

वीर अस्पतालमा पैसा लिएर भारतीय व्यापारीलाई चिनियाँ खोप लगाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
NAMS-bir-hospital.jpg

काठमाडौँ। कोरोना विरुद्ध भ्याक्सिन लगाउँदा वीर अस्पताल खोप केन्द्रमा अनियमितता हुने गरेको पाइएको छ । भ्याक्सिनेटर अहेवहरुले उमेर समूह नमिल्ने र आफूनिकटलाई फोन गरी बोलाएर कलेज, भारतीय व्यापारी तथा फाइनान्सका कर्मचारीलाई कोभोसिल्ड दोस्रो खोप पहिलो डोज भन्दै सयौँको सङ्ख्यामा दिएको आरोप स्वयं अस्पतालका कर्मचारीहरूले लगाएका छन्।

गत हप्ता दिइएको चिनियाँ भेरोसेल पनि भारतीय नागरिकलाई प्रतिव्यक्ति २० देखि ३० हजार रुपैयाँ लिँदै दुई सय जनालाई खोप लगाइदिएका थिए । भारतीयहरू चाइनिज खोप लगाउन हवाईजहाजै चढेर काठमाडौँमा यो समूहको सम्पर्कमा आएको एक सुरक्षा गार्डले बताए ।

वीर अस्पतालकै अधिकांश कर्मचारी खोप लिन जाँदा ती कर्मचारीले हप्कीदप्की गर्ने गरेका र पैसा दिनेलाई पहिले खोप लगाए पछि बाँकी रहेमा मात्र अन्यलाई लगाउने गरेका छन् । निज व्यक्ति तिनै कर्मचारी हुन् जो स्वास्थ्य कर्मचारी समायोजनको समयमा वीर अस्पतालमा नै समायोजन हुँदा आफू बिरामी भएको भनी वीर अस्पताल मेडिकल बोर्डबाट नक्कली बिरामी भएको सिफारिस बनाई स्वास्थ्य मन्त्रालयमा पेश गरेका थिए । वीर अस्पतालको मेडिकल ओपिडीमा पिएफटी गर्ने ठाउँमा बस्ने उनी वीर अस्पताल मा पिएफटी गर्ने आउने बिरामीलाई यहाँ समय छैन भन्दै आफै काम गर्ने क्लिनिकमा पठाएर बिरामी ठग्ने गरेको आरोप लाग्दै आएको छ ।

वीर अस्पतालको सो ओपिडीमा आउने दम रोगका बिरामीलाई प्रयोग हुने मुखबाट तान्ने औषधी ती कर्मचारीले आफूलाई कमिसन दिने कम्पनीको मात्र किन्न लगाउने गरेका छन् । अन्य कम्पनीको औषधी ल्याएमा उनले फिर्ता पठाउने गरेको ओपिडीकै एक उनकै एक सहकर्मी कर्मचारी नै बताउँछन् ।

उनी कोभिड फोकल पर्सनका निकट हुन । भारतीय नागरिक सयौँ जनालाई र नेपालमै व्यापार गर्ने भारतीयहरूलाई यिनीहरूले पैसा लिएर खोप दिएको खोप केन्द्रमा कार्यरत एक कर्मचारी बताउँछन् । खोप बापतको भत्ता पनि यी दुई जनाले मात्र खाने गरेको गुनासो कर्मचारीको छ । खोपमा खट्ने कर्मचारीलाई मगाएको खाजा पनि यी दुईले घर लैजाने गरेको आरोप लाग्ने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ