arrow

राष्ट्रिय सभा उपनिर्वाचनका लागि डेढ करोड बढी खर्च अनुमान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
election-commission1-1618997712.jpg

काठमाडौँ । निर्वाचन आयोगले आगामी ६ जेठमा हुने उपनिर्वाचनका लागि डेढ करोड भन्दा बढी खर्च हुने अनुमान गरेको छ । आयोगले बागमती प्रदेशको रिक्त एक सदस्यको पदपूर्तिका लागि हुने उपनिर्वाचनमा १ करोड ६१ लाख ३० हजार रुपैयाँ खर्च हुने अनुमान गरेको हो ।

आयोगले मङ्गलवार निर्वाचन सञ्चालनका लागि ‘राष्ट्रिय सभा सदस्य उपनिर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७८’ तयार गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाएका छन् । सो कार्यविधि अनुसार नै निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि बजेट खर्च हुनेछ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २७ र २८ अनुसार उक्त कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि आयोगले अर्थ मन्त्रालयमा पत्राचारसमेत गरेको छ ।

उपनिर्वाचनका लागि आयोगले निर्वाचन अधिकृतसमेत नियुक्त गरेको हो । आयोगको निर्णय अनुसार निर्वाचन अधिकृतमा मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई नियुक्त भएका हुन् ।

आयोगले उपनिर्वाचनका लागि २४ वैशाखमा उम्मेदवारको मनोनयन दर्ता तोकिसकेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ