arrow

पिसिआर शुल्क बढी लिने प्रयोगशालालाई कारबाही गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
corona-pcr-lab.jpg

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण शुल्क बढी लिने प्रयोगशालालाई कारबाही गर्ने भएको छ ।

मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो मन्त्रालयमा प्राप्त भएकाले त्यस्ता प्रयोगशालालाई कारबाही गरिने जानकारी दिए ।

उनका अनुसार बढी लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत ती प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइने छ । मन्त्रालयले सरकारी प्रयोगशालालाई रु एक हजार र निजी प्रयोगशालालाई पिसिआर परीक्षण शुल्क रु दुई हजार तोकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ