arrow

जापानमा विगत २४ घण्टामा करिब पाँच हजार कोभिड–१९ सङ्क्रमित

logo
सिन्ह्वा,
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
corona-japan.jpg
तस्बिर : फाइल

टोकियो। जापानमा मङ्गलवार साँझसम्म कोभिड–१९ सङ्क्रमित पुष्टि हुनेको सङ्ख्या थप चार हजार ९५० पुगेको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीहरूले उपलब्ध गराएको तथ्याङ्कले देखाएको छ।

विश्वव्यापी महामारीले पुनः विश्वका अन्य मुलुकहरूमा प्रभाव पारे झैँ जापानमा पनि कोभिड सङ्क्रमित हुने र यसका कारण मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा देखिएको छ।

मङ्गलवार मात्र भाइरस सङ्क्रमित ५५ जनाको मृत्यु भएको र यससँगै कोभिड–१९ सङ्क्रमित १० हजार ८० जनाको मृत्यु भइसकेको छ।

जापानमा अहिलेसम्म पाँच लाख ७६ हजार ६१० कुल सङ्क्रमित भएको राष्ट्रिय तथ्याङ्कले देखाएको छ। स्वास्थ्य मन्त्रालयले अहिले गम्भीर समस्या भई भेन्टिलेटरमा राखिएका व्यक्तिको सङ्ख्या ९१६ रहेको देखाएको छ।

जापानको राजधानी टोकियो, ओसारालगायतका क्षेत्रमा सङ्क्रमण दर बढी रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ