arrow

कोरोना संक्रमित डाक्टर नै विरामीको उपचारमा

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
parsa-district.png
तस्बिर : फाइल

वीरगंज। नारायणी अस्पतालमा मंगलवार मात्र कोरोना संक्रमित ४ जनाको निधन भयो। सोमबार र मंगलवार गरि ७ जनाको निधन भयो। कोरोनाको दोस्रो लहर शुरु भएयता १८ जनाको निधन भइसकेको छ। दिनदिनै वीरगंज र आसपासमा संक्रमितहरुको संख्या बढीरहेको छ। तर राज्यको सम्वन्धित निकायको न ध्यान पुग्न सकेको छ न संक्रमण रोक्न कुनै तदारुकता छ। यतिखेर अव्यवस्थाको चरम नमूना कहि हेर्नु छ भने नारायणी अस्पताल गए पुग्छ। 

डा आसिष पौडेल नारायण अस्पताल पीसीआर विभागका विभागीय प्रमुख हुन्। उनी आफै संक्रमित रहेका छन्। अस्पताल स्रोतले नै दिएको जानकारी अनुसार उनको ४ दिनअघी गरिएको परिक्षणका क्रममा सीटी भ्यालु १८ देखिएको थियो । मंगलवार प्राप्त दोस्रो परिक्षणको रिपोर्टमा सीटी भ्यालू २४ देखिएको छ। सीटी भ्यालूको आँकडा हेर्दा पौडेलको स्वास्थ्य सुधार भइरहेको देखिन्छ । तर यो अवस्थामा पनि उनी विरामीको उपचारमा संलग्न रहेपछि भने अस्पतालका अन्य चिकित्सक र कर्मचारीहरु भने आत्तिएका छन्। पौडेलको यो कार्यलाई कतिपयले कर्तव्यप्रति वढी संवेदनशील भनेका छन् भने कतिपयले लापर्वाहको पराकाष्ठा पनि भनेका छन् । यस्तो लाग्छ नारायणी अस्पतालमा कोहि कोहिप्रति जवाफदेही छैनन्। 

साविकको नारायण अंचल र हालको दुई नम्वर र वागम्ती प्रदेशका कतिपय जिल्लाको उपचार केन्द्र नारायणी अस्पतालमा अहिले पनि ५४ जना संक्रमितको उपचार भइरहेको छ। तर यस अस्पतालको वेथितिलाई ठीक गर्न कोहि पनि अघी सरेका छैनन्। न प्रशासन सजग देखिएको छ न सरोकारवाला नै संवेदनशिल देखिएका छन्। प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले पनि खासै ध्यान पुर्‍याउन सकेका छैनन्। 

लापर्वाहीको यहि अवस्था रहे नारायणी अस्पतालमा आउने दिनमा अझ भयावह स्थित आउने अनुमान सबैतिरबाट हुन थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ