arrow

रुसी खोप लगाउँदै बङ्गलादेश

logo
सिन्ह्वा,
प्रकाशित २०७८ वैशाख १५ बुधबार
coronavirus-vaccine.jpg

सिन्ह्वा, ढाका । बंगलादेशमा रुसले निर्माण गरेको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति दिइएको छ । बंगलादेश सरकारले सो खोपको आपत्कलीन प्रयोगका लागि अनुमति दिएको बताइएको हो ।

बङ्गलादेशको औषधि प्रशासनका प्रमुख मेजर जनरल महबुर रहमानले सो कुराको जानकारी दिएका हुन् ।

उनले बुधवार भनेका छन्  बङ्गलादेशले रुसले निर्माण गरेको स्पुतनिक भि नामको कोरोना विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ ।  

रहमानले भने– हामीले रुसले उत्पादन गरेको स्पुतनिक भि खोपको प्रयोगका लागि अनुमति दिएको छौँ । यसअघि बंगलादेशमा आस्टाजेनेका खोप पनि प्रयोग गरिएको छ ।

आस्टाजेनेका खोप भारतबाट आउन ढिला भएको थियो । सो खोपको अर्को डोज आउन निकै ढिला भएकोले हालका लागि रुसको खोपलाई अनुमति दिइएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ