arrow

अमेरिकाबाट खोप ल्याउन सरकारले सम्पूर्ण कूटनीतिक कौशल र ऊर्जा प्रयोग गरोस् : गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
gagan-thapa_(2)1.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम सांसद गगनकुमार थापाले अमेरिकाबाट खोप ल्याउने सन्दर्भमा सम्पूर्ण कूटनीतिक कौशल र  ऊर्जा प्रयोग गर्न सरकारसँग अनुरोध गरेका छन् ।

बुधवार विहान सामाजिक संजालमार्फत थापाले अमेरिकी सरकारले करिब ६ करोड डोज बराबरको कोरोनाको खोप सहयोगका रूपमा विश्वव्यापी प्रदान गर्ने भन्ने समाचार स्वागतयोग्य रहेको उल्लेख गर्दै उनले अमेरिकी सहयोगले कोरोनाको पछिल्लो लहरले आक्रान्त पार्दै गरेको नेपाललगायत दक्षिण एसियाका देशहरू लाभान्वित हुने विश्वास ब्यक्त गरेका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्,‘नेपाल सरकारले केही समय अगाडि खोपका लागि अमेरिकी सरकारलाई सहयोग अनुरोध गरेको भन्दा अहिले खोपको उपलब्धताको सन्दर्भमा अमेरिकाको परिस्थिति भिन्न भएको छ। त्यस्तोमा  नेपाल सरकारले त्यस्तो सहयोग नेपाल भित्र्याउन सम्पूर्ण पहल तत्काल सुरु गर्न आवश्यक रहेको छ।’

परराष्ट्रमन्त्री प्रदिपकुरमा ज्ञवाली र अमेरिकी दूतावासलाई ट्वीटरमा मेन्सन गर्दै सांसद थापाले यस्तो अवस्थामा नेपालस्थित अमेरिकी दूतावासले नेपाल सरकारको अनुरोध आफ्नो सरकारसम्म पुर्‍याउन आवश्यक पहलकदमी गर्छ भन्ने विश्वास पनि व्यक्त गरेका छन् । 



नयाँ