arrow

श्रीलङ्कामा बुर्का प्रतिबन्ध गर्ने प्रस्ताव मन्त्रिपरिषद्वारा स्वीकृत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
Burka-islam.jpg
सांकेतिक तस्विर ।

काठमाडौं । श्रीलङ्काको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक स्थानमा पुरा मुख छोपिने पर्दा र मुस्लिम समुदायले प्रयोग गर्ने गरेको बुर्कामाथि प्रतिबन्ध लगाउने प्रस्ताव स्वीकृत गरेको छ । राष्ट्रिय सुरक्षाको चिन्तालाई लिएर सार्वजनिक सुरक्षा मन्त्री सारथ वीरासेकेराले यो प्रस्ताव अघि सारेका थिए ।

मङ्गलवार उनले फेसबुक पेजमार्फत बुर्का एवं पूर्ण मुख छोप्ने खालको कपडाको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको बताएका हुन् । अब यो प्रस्ताव महाधिवक्ताको कार्यालयमा जाने छ र कानुनका रूपमा लागु हुन संसद्बाट पास हुनुपर्नेछ ।

संसद्मा सरकारको बाहुल्यता भएका कारण यो प्रस्ताव सहजै पास हुने देखिएको छ । श्रीलङ्कामा बुद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको छ । श्रीलङ्कामा झण्डै ७० प्रतिशत बौद्ध, १२ प्रतिशत हिन्दु र करिब ९ प्रतिशत मुस्लिम समुदाय रहेका छन् ।



लोकप्रिय समाचार
नयाँ