arrow

सेना फिर्ता गर्ने भएपछि अमेरिकाले फिर्ता बोलायो दूतावासका कर्मचारीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
us-army-afghanistan.jpg

काठमाडौँ । अमेरिकाले अफगानिस्तानको राजधानी काबुल स्थित दूतावासका अत्यावश्यक बाहेकका कर्मचारीहरूलाई अमेरिका फर्किन निर्देशन दिएको छ । बीस वर्ष लामो युद्धपछि अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गर्दैछ ।

दुई साता अघि अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा रहेका दुई हजार पाँच सय सेनालाई आउँदो सेप्टेम्बर ११ सम्म फिर्ता बोलाइसक्ने घोषणा गरेका थिए ।

तालिबान समूहको बाहुल्यता रहेको अफगानिस्तानमा सुरक्षा खतरालाई उद्धृत गर्दै अमेरिकाले दूतावास स्थित आफ्ना कर्मचारीहरूलाई पनि फिर्ता बोलाएको हो ।

अमेरिकी विदेश विभागले काबुल स्थित अमेरिकी दूतावासका सरकारी कर्मचारीहरूको प्रस्थानको आदेश दिएको बताएको हो । काबुलका कार्यवाहक अमेरिकी राजदूत रोस विल्सनले काबुलमा बढ्दो हिंसा र धम्की रिपोर्टको आधारमा विदेश विभागले यस्तो निर्णय लिएको बताएका छन् ।

यद्यपि, यो आदेश अनुसार थोरै कर्मचारीहरूले काबुल छोड्ने छन् भने दूतावास नियमित सञ्चालनमै रहने छ । सन् २००१ मा अलकाइदा समूहले अमेरिकामा आक्रमण गरेयता अमेरिकी सेना अफगानिस्तानमा रही आएको थियो ।

यो मिसनमा प्रत्येक वर्ष ठुलो अमेरिकी धनराशि खर्च हुँदै आएको थियो । यसअघि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १ सम्म सेना फिर्ता ल्याइसक्ने घोषणा गरेका थिए । तर, बाइडेन प्रशासनले मिति सार्दे सेप्टेम्बर ११ सम्म पुर्‍याएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ