arrow

संसद् किनबेचले सत्ता जोगिए पनि संविधान र लोकतन्त्र हार्ने : डा.भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १५ बुधबार
Baburam-bhattrai-stage.jpg.jpeg

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले संसद् किनबेचले सत्ता जोगिए पनि संविधान र लोकतन्त्र हार्ने उल्लेख गरेका छन् ।

बुधबार गण्डकी प्रदेशसभा सदस्य सम्पर्क वाहिर रहेको भन्दै खोजी गर्न माग गरिएपछि डा.भट्टराईले सामाजिक सञ्जालमार्फत सांसद किनबेच, अपहरण निस्कासन र अस्पताल भर्नाले सत्ता जोगाउन सकिए पनि संविधानले हार्ने बताएका हुन् ।

उनले यस्ता खेलले देश  र सर्वाभौमसत्तासले हार्ने बताएका छन् । उनले यस्तो अवस्थालाई लामो समय नराखी राष्ट्रिय सहमति कायम गर्न मागसमेत गरेका छन् ।

उनले लेखेका छन् ‘सांसद किनबेच/अपहरण/निष्कासन/अस्पताल भर्ना र संसद बिघटन/स्थगन/अबरोध जस्ता हर्कतले कसैले सत्ता जोगाउला/पाउला तर अन्तत:लोकतन्त्र/समाजवाद/संघीयता/संविधानले हार्नेछ । अनिदेश/राष्ट्रियता/स्वाधीनता/सार्वभौमसत्ताले हार्नेछ। वेलैमा चेतौं राष्ट्रिय सहमति/एकता कायम गरौं। भोलि धेरै ढिलो हुनेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ