arrow

जनमोर्चामा नैतिकता छ भन्ने लागेको थियो त्यो पनि सकियो – डा. शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १६ बिहिबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रिय जनमोर्चाको नैतिकता पनि सकिएको बताएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुँदै गर्दा जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएपछि डा. कोइरालाको यस्तो प्रतिक्रिया आएको हो । 

विराटनगरमा रहेका कोइरालाले नेपाली रेडियो नेटवर्कसँगको कुराकानीका क्रममा भने, ‘नेपाली कांग्रेस, एमाले र माओवादीका नेताहरुले यसो गरेको भए दुःख लाग्ने थिएन । तर जनमोर्चाले यसो गर्नु भने पक्कै पनि दुःखद पक्ष हो । जनमोर्चामा नैतिकता छ भन्ने लागेको थियो त्यो पनि सकियो ।’

यो घटना भएको थाहा हुनासाथ आफूले जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीलाई समेत  फोन गरेर कुराकानी गरेको उनले बताए । बुधबार मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्तावमा मतदान हुनुअघि नै बिहान ९ बजेदेखि शाही बेपत्ता भएका थिए । 

पछि उनलाई अस्पतालको आइसीयूमा फेला पारिएको थियो । तर उनको कारोनाको पीसीआरको रिपोर्ट नेगेटिभ रहेको थियो । 

पीसीआर परीक्षणमा नेगेटिभ देखिएपछि फेरि अस्पतालले पोजेटिभ भनेर भर्ना गर्नु दुःखद भएको डा. कोइरालाले बताए । 

यो घटनापछि डा. कोइरालाले प्रतिक्रिया दिँदै भने, ‘विकृति विसंगति केन्द्रमा त थियो थियो प्रदेशहरुमा पनि आयो । नेपाली राजनीतिमा यतिधेरै विकृति बढेर गएको छ यसलाई रोक्नुपर्नेछ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ